झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सुन्नुहोस्

झापा : झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–२ का ६० वर्षीय सोमनाथ दंगाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शुक्रबार साँझ साढे ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई–७ स्थित बिरिङ पुल छेऊमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा परी कनकाई–२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेश कुमार थपलिया र सोही मोटरसाइकलमा दंगाल घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान ६ बजे दंगालको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.