चितवनमा कर्फ्यु र निषेधाज्ञा हटयो, जनजीवन सामान्य हुँदै

चितवनमा कर्फ्यु र निषेधाज्ञा हटयो, जनजीवन सामान्य हुँदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चितवन : कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य हुँदै गएको छ। जिल्ला सुरक्षा समितिले कर्फ्यु हटाएपछि जनजीवन सहज बन्दै गएको हो ।  समितिले भाद्र २६ गतेदेखि  कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो ।

शुक्रबारदेखि अवस्था सामान्य बन्दैपछि शनिबार बिहान ७ बजेदेखि  लागू हुनेगरी हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।  प्रजिअ  अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गरेका छन् ।  

आन्दोलनको क्रममा  चितवनका अधिकांस सरकारी कार्यालय,जनप्रतिनिधिका निजि निवासमा क्षति पुगेको छ । कार्यालय सरसफाइको सरसफाइ गराउन निर्देशन दिइएको छ । जेन-जी प्रदर्शन सुरू भएपछि सरकारी कार्यालय,सार्वजनिक सम्पत्ति,व्यवसायिक प्रतिष्ठान,व्यक्तिका घर तथा पार्टी कार्यालय र स्थानीय निकायका कार्यालयहरूमा आगजनी,तोडफोड र लुटपाट भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.