भाटभेटनी लुटपाटमा संलग्न कालिका माविका शिक्षक निष्कासन

भाटभेटनी लुटपाटमा संलग्न कालिका माविका शिक्षक निष्कासन
सुन्नुहोस्

बुटवल : बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविका एक शिक्षक निष्कासनमा परेका छन्। 

भदौ २४ गते राति भएको लुटपाटमा विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरिएको हो। कपिलवस्तु निवासी शुक्लाले विद्यालयमा तीन वर्षदेखि कम्प्युटर विषय पढाइरहेका थिए।

उनी निमावि तहका निजी स्रोतका शिक्षक थिए। लुटपाटमा संलग्न भएको तस्बिर र भिडियो सार्वजनिक भएपछि उनलाई विद्यालयले स्पष्टीकरण मागेको थियो। तर, शुक्लाले त्यसको जवाफ दिन सकेनन्। 

‘हिजो बिहान स्पष्टीकरण मागेका थियौँ’, विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भने,‘जवाफ र प्रमाण दिन नसकेपछि विद्यालयले कारबाही स्वरूप निष्कासन गरेको हो।’

जेनजी समूहले गरेको तोडफोड र आगजनीबाट बुटवलको भाटभटेनी सुपरमार्केट ध्वस्त भएको छ। त्यसको मर्मतको काम अहिले चलिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.