पोखरामा असोज १ गतेदेखि विद्यालय खोल्ने महानगरको निर्णय

पोखरामा असोज १ गतेदेखि विद्यालय खोल्ने महानगरको निर्णय
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन्। लामो समयदेखि देखिएको असामान्य परिस्थितिका कारण पूर्णरूपमा बन्द रहेका विद्यालयहरूलाई पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले दिएको जानकारीअनुसार, असामान्य परिस्थितिका कारण विगत केही समयदेखि विद्यालयहरू पूर्णरूपमा बन्द भएका थिए। 

विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै र अहिलेको अवस्थालाई मूल्यांकन गरेर विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको उनले बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य दुबईको एक कार्यक्रममा भाग लिन गएका थिए। पोखरा फर्किएपछि उनले भर्चुअल रूपमै कार्यपालिका बैठक डाकेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.