भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली युवाको प्रशंसा, प्रधानमन्त्री कार्कीलाई दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली युवाको प्रशंसा, प्रधानमन्त्री कार्कीलाई दिए बधाई

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।

उनले मणिपुरबाट नेपालका साथीहरूसँग सम्पर्क गर्ने प्रतिवद्धता पनि जनाए। 'मणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको एउटा मित्र हो। नजिकको साथी हो। हामी साझा इतिहासबाट जोडिएका छौं, अस्थाबाट जोडिएका छौं। एकसाथ अगाडि बढिरहेका छौं। म नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु। मलाई आशा छ, नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ,' उनले भनेका छन्।

उनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ठूलो उदाहरण भएको बताए। 'नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको ठूलो उदाहरण हो। म आज नेपालमा त्यस्ता प्रत्येक व्यक्तिको सराहना गर्न चाहन्छु, जसले यस्तो अस्थिरताका बावजुद लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे,' उनले भने।

उनले प्रदर्शनका बावजुद नेपाली युवाहरूले गरिरहेको सरसफाइ अभियानको पनि खुलेर प्रशंसा गरे। उनले नेपालमा नयाँ उदय भएको संकेत पनि गरे। 'एउटा अर्को अर्को कुरा पनि छ, जसमा धेरैको ध्यान गएको छैन। पछिल्ला दुई तीन दिनदेखि नेपालका युवा-युवतीहरू सडकमा सफाइ र रंगरोगनका काम मेहनत र पवित्र भावनाका साथ गरेको देखिएका छन्। सामाजिक सञ्जालमा आएका उनीहरूको तस्बिर मैले पनि देखेको छु। उनीहरूको सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायीमात्र होइन, नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। नेपालको उज्वल भविष्यको शुभकामना दिन चाहन्छु,' उनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.