अन्तरिम सरकारको स्वागत गर्दै अमेरिकाले भन्यो– नेपालसँग सहकार्य गर्न तयार छौँ
काठमाडौं : अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा स्वागत गरेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै गत हप्ताको दुखद घटनापछिको शान्तिपूर्ण समाधानको स्वागत गरेको हो।
ʻहामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौँ, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौँ,ʼ विज्ञप्तिमा भनिएको छ,ʻहामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ।ʼ
अन्तरिम सरकारले आगामी महिनामा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न तयार रहेको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !