आगजनीबाट दुवै भन्सार जलेर खरानी, भद्रपुरले आजदेखि सुरु गर्‍यो सेवा

आगजनीबाट दुवै भन्सार जलेर खरानी, भद्रपुरले आजदेखि सुरु गर्‍यो सेवा
सुन्नुहोस्

झापा : सेवा प्रवाह गर्ने कार्यालय भवन जलेर ध्वस्त भएको भद्रपुर भन्सार कार्यालयले आजदेखि आफ्नो सेवा पुनः सुचारु गरेको छ। मेची भन्सार कार्यालयले भोलिदेखि सेवा सुचारु गर्न लागेको जनाइएको छ। जेनजी समूहको आन्दोलनमा सहभागी अराजक समूहले हिंसात्मक प्रदर्शन गर्दै भदौ २४ गते भद्रपुर भन्सार र मेची भन्सार कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। 

प्रदर्शनकारीको आगजनी र तोडफोडबाट दुवै भन्सारको सेवा प्रभाव गर्ने भवन जलेर खरानी बनेको थियो। साथै सेवा प्रभावका गर्ने उपकरणहरू (कम्प्युटर, प्रिन्टर लगायतका सामग्री) र जिन्सी सामग्रीहरू जलाउनुका साथै लुटपाटसमेत मच्चाइएको थियो। घटनाका दिन भन्सारका कर्मचारीहरूलाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे परेको थियो। सो घटना पश्चात् सोही दिनदेखि दुवै भन्सारको सेवा ठप्प बनेको थियो। 

आगजनीले ध्वस्त भएको कार्यालय भवन त्यतिकै छाडेर भद्रपुर भन्सारले आइतबारदेखि अर्को स्थानबाट आफ्नो सेवा सुचारु गरेको भन्सार प्रमुख अर्जुनप्रसाद सिटौलाले जानकारी दिए। ‘आगजनी पश्चात् केही दिन हामी कर्मचारीहरू सडकमै बस्न बाध्य भयौँ।  भन्सारले खरिद गरेको उत्तर पट्टीको जमिनमा गत वर्ष यात्रु शाखा सञ्चालनका लागि एकतले भवन बनाएका थियौँ। अहिले त्यही भवनमा बिजुली बत्ति जडान गरी कम्प्युटर, प्रिन्टर लगायतका उपकरण खरिद गरी आजबाट सेवा सुचारु गर्न सफल भएका छौ। ‘तीन दिनसम्म हामी त्यही काममा जुट्यौँ,’ भन्सार प्रमुख सिटौला भने, ‘चाडबाडको बेला भन्सार बन्द गर्दा राज्यलाई थप आर्थिक भार थपिन्छ, त्यसैले जे जसरी भएपनि सेवा सुचारु गराउन हामी सबै कर्मचारी लाग्यौँ।’ 

आइतबार सेवा सुचारु गर्दा भन्सारलाई बैंकिङ सेवामा समस्या उत्पन्न भएको थियो। भन्सारले बिहान ११ बजे जाँचपास गरी पठाएको सामानको राजश्व प्रभु बैंक चन्द्रगढी शाखाले लिन नमान्दा समस्या उत्पन्न भएको बताउँदै भन्सार प्रमुख सिटौलाले भने, बैंकले राजश्व नबुझ्दा तनाव भयो, धेरै भनसुन र दबाब दिएपछि साँझ ५ बजे मात्र बैंकले राजश्व बुझेको थियो। आगजनीका दिन भन्सार भित्रबाट लुटपाट भएका सरसमानहरु स्थानीयले फर्काउन थालिसकेको छ। गोदामबाट व्यवसायीले लगेका सरसामानहरू पनि फिर्ता ल्याई राजश्व संकलन गरिन्छ। 

‘सामान लगेका व्यवसायीहरूसँग कुरा भइसकेको छ,’ उनले भने, ‘त्यसको विवरण हामी संकलन गरिरहेका छौँ, त्यही आधारमा राजश्व असुली गरिन्छ।’ आगजनीबाट भन्सारमा ठूलो क्षति भएको छ। सेवा प्रभाव गर्ने दुइटा भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ। भवनभित्र रहेका सम्पूर्ण सामग्री जलेर खरानी भएको छ। भन्सार परिसरमा लगाइएको फलामे ट्रस्ट र बाहिर यात्रु बस्ने बनाइएको ट्रस्ट, लिलामका लागि राखिएको सवारीसाधन, कार्यालयको गाडीसमेत जलेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोली आइतबार आएर घटनास्थल अनुगमन गरी मुचुल्का समेत उठाइसकेको उनको भनाइ छ। 

भोलिदेखि मेची भन्सारको सेवा सुरु हुँदै

जेनजी पुस्ता नाममा भएको हिंसात्मक प्रदर्शनले मेची भन्सार कार्यालयमा देशभरका अन्य भन्सारको तुलना ठूलो भौतिक क्षति भएको भन्सार प्रमुख हरिहर पौडेलले बताएका छन्। प्रदर्शनकारीले आगजनी, तोडफोड र लुटपाट यसरी गर्‍यो कि भन्सारमा एउटा सियो पनि बाँकी नराखेको भन्सार प्रमुख पौडेलको भनाइ छ। भन्सारमा ठूलो भौतिक क्षतिका बाबजुद सोमबारदेखि कार्गोका सम्पूर्ण सेवा सुचारु गर्न लागेको उनले बताए। 

यात्रु शाखाको सेवा सुचारु गर्न अझै एक साता समय लाग्छ। यात्रु शाखा पूर्ण रुपमा ध्वस्त छ। क्षतिग्रस्त भवन पुनर्निर्माणका गर्ने आइतबार निर्णय गरिसकेका छौँ। सोमबारदेखि पुनर्निर्माणका काम सुचारु हुन्छ। ‘व्यवसायीसँग चेक लिएर पेट्रोलियम पदार्थको टंयाकर घटना भएको भोलिपल्ट देखि सुचारु गरिसकेका थियौ,’ उनले भने, ‘अन्य सेवाहरू मात्र बन्द थियो, दोस्रो चरणमा कार्गो सेवा सुचारु हुदैछ।’ कार्यालय दुई वटा कम्प्युटर रहेकोले त्यसैबाट सेवा दिन लागेको र मेचीनगर उद्योग वाणिज्य संघले सोमबार केही थान कम्प्युटर उपलब्ध गराउन लागेको उनले बताए। यात्रु शाखा बन्द अवधिभर कार्गोबाटै आवश्यकता बमोजिम भारतीय गाडीहरूलाई भन्सार तिर्ने व्यवस्था मिलाइने छ।

एक दिन भन्सार ठप्प हुँदा ५ करोड भन्दा बढी रकम घाटा हुन्छ। ‘६ दिन ३० करोड भन्दा बढी राजश्व घाटा भयो,’ उनले भने। आगजनीबाट भन्सारमा कति क्षति भयो त्यो भन्ने अवस्था नै छैन। प्रदर्शनकारीहरूले भवनभित्र आगजनी गर्नुका साथै लिलामका लागि राखिएका आधा कन्टेनर (दुई करोड बराबर)को रक्सी, काजु, मात्रै लुटेर लगेका छन्। रक्सीको बोतल त एउटा पनि जलेको घटनास्थलमा देखिँदैन। भन्सारभित्र रहेका कफी, निकासी गर्ने चिया, चाइनिज गुड्सका गाडीहरू जलाउनुका साथै लुटपाट मच्चाइयो। सरकारी तथा निजी गाडीहरूसमेत प्रदर्शनकारीहरूले जलाएर ध्वस्त बनाएको उनको भनाइ छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.