काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा

काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा
सुन्नुहोस्

झापा : जेनजी समूहको आन्दोलनपश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ। भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको काँकडभिट्टा नाकामा भर्खरै केहीबेर अघि सञ्चालनमा आएको जनाइएको छ। सो नाका ६ दिनसम्म ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो।

नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए। एसएसबीले नाका खुलाए पनि अझै परिस्थिति भने सामान्य बनेको छैन। भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार पुरानो पुलबाट आउजाउ मात्रै सहज भएको छ। 

सिटी सफारी तथा अन्य सवारीसाधन पूर्ण रूपमा अझै सञ्चालन आउन सकेको छैन। मेची भन्सारको यात्रु शाखा जलेर ध्वस्त भएपछि भारतबाट आउने भारतीय गाडीहरूको हकमा समस्या देखिएको हो। यात्रु शाखा सञ्चालनमा आएपछि मात्र नाका पूर्ण रूपमा सञ्चालनमा आउने उनको भनाइ छ। 

यता भद्रपुर नाका भने शुक्रबारबाटै सञ्चालनमा आए पनि एसएसबीले परिचयपत्र हेरेर नाम टिप्न थालेपछि जनताले सास्ती झेल्नु परिरहेको छ। नाम टिप्ने समस्याका कारण जनता लाइनमा बस्नु परेको अवस्था बनेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.