तिलगंगा पुगेर प्रधानमन्त्री कार्कीले गराइन् आँखा परीक्षण
काठमाडौं : प्रधानमन्त्री सुशील कार्कीको आँखाको याग लेजर (yag Laser) गरिएको छ। देब्रे आँखामा धमिलो भएकाले प्रधानमन्त्री कार्कीको याग लेजर गरिएको तिलगंगा आँखा अस्पतालले जनाएको छ।
मंगलबार तिलगंगा पुगेकी प्रधानमन्त्री कार्कीलाई प्रा.डा. सन्दुक रुइत र डा. रिता गुरुङले आँखाको परीक्षण गरेका थिए।
याग लेजर प्रणाली एक महत्त्वपूर्ण प्रविधि हो, जसले नेत्र रोग विशेषज्ञहरूलाई अझ सटीक र सुरक्षित रूपमा आँखा स्वास्थ्य शल्यक्रियाहरू गर्न सघाउ पुर्याउँछ।
प्रतिक्रिया दिनुहोस !