सेयर बजार खुल्यो, प्रि ओपन सेसनमा ३४.२८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं : भदौ २३ र २४ गते काठमाडौंलगायत देशभर भएको जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार आजदेखि सञ्चालनमा आएको छ। नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न निर्देशन दिएपछि बजार बन्द भएको थियो।
साताको अन्तिम कारोबार दिन बिहीबार खुलेको सेयर बजारमा प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ३४.२७ अंकले घटेर २६३७.९७ विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा १६८ स्क्रिप्सको १ लाख ३० हजार ५८५ कित्ता सेयर ५ करोड २७ लाख ६हजार ९९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३ स्टक्सको मूल्य बढ्दा १४९ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !