युवालाई निर्वाचनमा सहभागी गराउन कानुन संशोधन हुन्छ : गृहमन्त्री


काठमाडौं : सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ।

बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानुन संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरी मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गरेका हुन्।

गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी कानुनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सबैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताए। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरूलाई मतदानको अवसर दिन मतदाता नामावली अद्यावधिक गर्ने उनले बताए। 

त्यस्तै विदेशमा रहेका नेपाल नागरिकलाई समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न पाउने गरी आयोगसँगको समन्वयमा कानुन बनाउने सहमति भएको उनले बताए। त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानुनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानुनमा बाधा व्यवधान हटाउन सके अद्यावधिक गर्न सकिने बताए। उनले सरकारले तोकेको समयमा निर्वाचन गर्न आयोग सक्षम र तयार रहेको बताए।

सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ। निर्वाचनको मिति घोषणा भए पनि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी प्रावधान छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.