नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
दाङ : लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी)मा संविधान दिवस मनाइएको हो। ʻसमृद्धि लुम्बिनी, खुसी नागरिक भन्ने मुख्य संकल्पसहित दिवस मनाइएको प्रदेश सरकारले जनाएको छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए। उनले सबैको विश्वास जितेर अघि बढ्नु आवश्यकता भएको बताए।
ʻयुवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,ʼ उनले भने,ʻ लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो। यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु।ʼ
उनले कार्यशैली र तौर–तरिकामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गरे। सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आवश्यक भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !