मुख्यमन्त्री राख्न एमालेको जोडबल, हटाउन जनमतको कसरत

मुख्यमन्त्री राख्न एमालेको जोडबल, हटाउन जनमतको कसरत
सुन्नुहोस्

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सतिष कुमार सिंहले जेन–जी आन्दोलनको क्रममा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरे। गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तोडफोड, आगजनी तथा लुटपाट हुन थालेपछि सुरक्षा घेराभित्र रहेका मुख्यमन्त्री सिंहले आफ्नो सचिवालयको फेसबुकमार्फत राजीनामा घोषणा गरे।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले समेत आफ्नो फेसबुकबाट नेकपा एमालेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जनमत पार्टीका मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिने निर्देशन दिए। त्यसलगत्तै जनमतका प्रवक्ता शरदसिंह यादवले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरिने घोषणा गरे।

मुख्यमन्त्री सिंहले समेत नागरिकको ज्यान भन्दा ठूलो अरू केही नभएको र जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गरेको स्विकार गरे। उनले राजीनामा दिँदै लेखेका थिए, ‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पत्तिको क्षति नहोस् भनेर राजीनामा दिनुपर्छ भनेर म तयार छु।’

फेसबुकमा राजीनामा घोषणा गरे पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी जनकपुरधाम बाहिर रहेकाले औपचारिक पत्र बुझाएनन्। प्रदर्शनपश्चात आगजनी तथा तोडफोडले अस्तव्यस्त मधेश भवनमा तत्काल माहोल शान्त नभएसम्म प्रदेश प्रमुख भण्डारी काठमाडौंमा घेरिएका थिए। 

एयरपोर्ट बन्द रहेकाले तत्काल जनकपुर आउने वातावरण पनि थिएन। सोही क्रममा भदौ २८ गते जनमत पार्टी मधेशका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन फिर्ता सहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाएको पत्र मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल कहाँ दर्ता गराए।   

मुख्यमन्त्रीको छलफल बिनै दलका नेताले पठाएको पत्रले मुख्यमन्त्री आक्रोशित भए। उनले भने, ‘प्रदेश प्रमुखज्यू यहाँ हुनुहुन्न, यस्तो बेलामा मैले कसलाई पत्र पठाउने ? राजीनामा कसलाई बुझाउने ? छलफल विनै मुख्यमन्त्री र मन्त्रीलाई बोलाउने निर्णय एक्कासि सामाजिक सञ्जालमा कसरी छताछुल्ल भयो ?’ साथै उनले सरकार समर्थित दलहरू नेकपा एमाले, नेपाली काँग्रेस र लोसपासँगै प्रतिपक्षी दलहरू नेकपा एकीकृत समाजवादीसँग पनि छलफल गरे। छलफलमा सबैले सकारात्मक प्रतिक्रिया जनाए। जसले मुख्यमन्त्री सिंहले विश्वासको मत दिने र मुख्यमन्त्रीमा कायम रहन हौसला बढाए।

जसले गर्दा बिच्किएको मुख्यमन्त्री सिंह एमालेको जोडबलले मुख्यमन्त्रीबाट राजीनामा नदिने मुडमा गए। जनमतले भने मुख्यमन्त्री सिंहलाई हटाउन कसरत गरिरहे। जनमत पार्टीको अनुशासन विभागले २४ घण्टे र ३ दिने स्पष्टीकरण समेत सोध्यो। तर मुख्यमन्त्रीले जनमतको स्पष्टीकरण पत्रलाई बेवास्ता गरे। जनमतले आफ्नो दुई मन्त्री उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्री सञ्जय कुमार कुशवाहालाई फिर्ता बोलाइसकेको छ।

यता नेकपा एमालेबाट मन्त्री बनेका संसदीय दलका नेता सरोज कुमार यादव लगातार दुई पटक मन्त्री भए। अब मन्त्रिमण्डल गठन भए यादव मन्त्रिमण्डलमा स्थान नपाउने निश्चित जस्तै छ। किनकी यादवमाथि एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले एक कार्यक्रममा यादवतर्फ संकेत गर्दै कमिसन लिने गरेको बताएका थिए। 

साथै मन्त्रिमण्डल फेरिए तेस्रो पटक मन्त्रिमण्डलमा समावेश नहुने आशंका सहित यसै सरकारलाई जसोतसो बढाउन एमालेको मुख्य कसरत चलिरहेको छ। तर एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्रीले घोषणा गरिसकेकाले  नैतिकताको आधारमा भएपनि राजीनामा दिनुपर्ने बताएका छन्।

यता जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले संसदीय दलका नेताको हैसियतले मुख्यमन्त्री बन्न नपाएकोमा पहिल्यैदेखि बिच्किएका छन्। जसको बदलामा उनी सक्दो छिटो मुख्यमन्त्रीलाई अपदस्थ गर्न लागि परेका छन्।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.