निजी क्षेत्रमा करिब ८० अर्बको क्षति, पुनःउत्थानका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

निजी क्षेत्रमा करिब ८० अर्बको क्षति, पुनःउत्थानका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता गरेकी छन्।

आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ संस्थाका साथै औद्योगिक घरनाका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको भन्दै पुनःउत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन्। 

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी गराएका थिए। उनीहरूले सम्मानितरूपमा काम गर्नसक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको धारणा राखेका थिए।

उनीहरूले करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको समेत जनाएका थिए। छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो। निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए। 

सरकारको प्रतिवद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको उनको भनाइ छ। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.