एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडक

एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौं : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुलेको छ।

आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।  

शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो। सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरू अलपत्र परेका थिए। सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.