प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन्। भेटमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए।
प्रतिक्रिया दिनुहोस !