यसपटक हिले दसैं !

यसपटक हिले दसैं !
सुन्नुहोस्

काठमाडौं : प्रक्षेपण गरिएअनुसार मनसुनी गतिविधि भएमा यस वर्ष दसैंमा पानीले रुझ्नु पर्नेछ। सामान्यतः नेपालबाट जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ। त्यसैअनुसार यस वर्ष पनि अक्टोबर २ मा मनसुन बाहिरिने अनुमान मौसमविद्हरूको छ। तर, मनसुन भित्रिने र बाहिरिने मिति ढिलोचाँडो पनि भएका दृष्टान्तहरू थुप्रै छन्। गत वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएको थियो। यद्यपि, यस वर्षको दसैं अगाडि नै परेकाले पानी पर्ने सम्भावना बलियो रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका, मौसमविद्, बिनु महर्जन भन्छिन् ‘मनसुन बाहिरिने औसत मिति अक्टोबर २ लाई मानिन्छ। उक्त दिन टीका पर्छ। यसपटक दसैंै अलि अगाडि नै भयो त्यसैले। पानी पर्ने सम्भावना राम्रै छ।’

महर्जनले थपिन, पूर्वानुमान महाशाखाले प्रायः जसो तीन दिनको मात्रै पूर्वानुमान गर्दै आएको छ। दसैंसोमबारबाट सुरु हुने भए पनि साता दिन पछाडिको मौसमको बारेमा भन्न नसकिने बताइन्। तर, दसैं अगाडि नै परेकाले पानी पर्ने सम्भावना यथावत् रहेको छ। मनसुन बाहिरिने विषयमा पनि महाशाखाले विश्लेषण गरिरहेको उनले बताइन्। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले घटस्थापनादेखि एक सातासम्म मौसम सक्रिय नदेखिए पनि कतैकतै वर्षा हुने राम्रो सम्भावना रहेको बताएका छन्। उनी भन्छन्, ‘अर्को साता अर्थात् दसैंमा मौसम फेरि सक्रिय हुँदैछ। हिले दसैंहुने सम्भावना धेरै छ।’

केही वर्षको प्रवृत्ति हेर्दा अक्टोबरको मध्यतिर मनसुन बाहिरिने गरेको छ। त्यसैले मनसुनी गतिविधि हुने हुनाले काठमाडांै बाहिरतिर यात्रा गर्दा होसियार हुनुपर्ने उनीहरूको सुझाव छ। 

महाशाखाकी मौसमविद्, महर्जनका अनुसार आगामी दुई, तीन दिनसम्म पश्चिममा वर्षाको सम्भावना अलि कम भए पनि अन्य भागमा वर्षाको सम्भावना छ। पुनः दुई दिनपछि बंगालको खाडीतिर पानी पार्ने प्रणाली विकसित हुने देखिन्छ। तर दसैँको मौसम कस्तो हुन्छ भन्ने विषयमा महाशाखाले अर्को विज्ञप्ति जारी गरेर जानकारी गराउने बताइन्। गण्डकी र बागमतीको कतिपय स्थानमा अझै पनि भारी वर्षा भइरहेको महर्जनले बताइन्। 

मनसुनलाई प्रभाव पार्ने धेरै तत्वहरू हुन्छन्। विश्व मौसम गतिविधि, तापक्रमजस्ता कारणले मनसुनमा प्रभाव पारेका कारण मनसुन ढिलोचाँडो बाहिरिने हुन्छ गरेको उनले बताइन्। तर मनसुन बाहिरिएपछि पानी नै पर्दैन भन्ने गलत बुझाइ आममानिसमा रहेको पनि बताइन्। उनले भनिन् ‘मनसुन बाहिरिएपछि अक्टोबर, नोभेम्बरमा साइक्लोनहरू विकसित हुने समय भएकाले त्यसको प्रभावले पानी पार्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.