बिहान नुहाउनु राम्रो कि बेलुका ?

बिहान नुहाउनु राम्रो कि बेलुका ?
सुन्नुहोस्

काठमाडौं : कोही बिहान नुहाउन रुचाउँछन् भने कोही साँझ नुहाउन रुचाउँछन्। तर  स्वास्थ्यका लागि कुन समय उत्तम हुन्छ ? यसबारे मानिसहरूको फरक–फरक विचार छ।

बिहान वा बेलुका नुहाउँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने प्रश्न पक्कै उठ्छ।

धेरै मानिसलाई बिहान उठ्ने बित्तिकै नुहाउनु आवश्यक हुन्छ। यसले ताजा महसुस र दिनको सुरुवात गर्न मद्दत गर्छ।

राति नुहाउनेले दिनको फोहोर धोएर सुत्दा गहिरो र शान्त निद्रा लाग्ने बताउँछन्।

नुहाउनु किन महत्त्वपूर्ण छ ?
नुहाउँदा छालाको फोहोर र पसिना सफा हुन्छ। दिनभरि शरीर धुलोसहित विभिन्न प्रकारका अशुद्धताहरूको सम्पर्कमा रहन्छ। सुत्नुअघि नुहाउनुहुन्न भने चादर र तकियाको आवरणमा जम्मा हुन्छ।

यसबाहेक छाला विभिन्न प्रकारका सूक्ष्मजीवको घर हो। छालाको प्रत्येक वर्ग सेन्टिमिटरमा १०,००० देखि १० लाख ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरिया  पसिना ग्रन्थीबाट निस्कने तेलमा निर्भर हुन्छन्।

पसिनाको आफ्नै गन्ध हुँदैन तर स्टेफिलोकोकस जस्ता ब्याक्टेरियाले उत्पादन गर्ने सल्फर यौगिकको कारणले गर्दा यो गन्ध आउँछ।

त्यसैले सुत्नुअघि नुहाउनु बढी स्वच्छ विकल्प जस्तो लाग्न सक्छ। तर सत्य अलि जटिल छ।

लेस्टर विश्वविद्यालयका सूक्ष्मजीवविद् प्रिमरोज फ्रीस्टोन भन्छन्,ʻयदि तपाईं राति नुहाउनुहुन्छ भने तपाईं सफा भएर सुत्न जानुहुन्छ। नत्र तपाईं रातभर पसिना बगाइरहनुभएको हुन्छ।ʼ  

फ्रीस्टोनका अनुसार चिसो मौसममा पनि एक व्यक्तिले रातभरि आफ्नो तकिया र ओछ्यानमा २३० मिलिमिटरसम्म पसिना बगाउँछ।

राती नुहाउन मन पराउने केही व्यक्तिहरूले राम्रो निद्रामा मद्दत गर्छ भन्ने तर्क गर्छन् र यसलाई समर्थन गर्ने प्रमाण पनि छन्।

उदाहरणका लागि १३ अध्ययनको नतिजाको तुलना गर्ने मेटा–विश्लेषणले सुत्नुभन्दा एक वा दुई घण्टा अगाडि १० मिनेटको मनतातो नुहाउँदा निदाउन लाग्ने समय उल्लेखनीय रूपमा कम भएको पत्ता लगाएको छ।

कसैले बिहान नुहाउन रुचाउँछन्। यसले रातभरि ओछ्यानमा जम्मा भएका धेरैजसो पसिना र कीटाणु पखाल्छ। यसले दिनको सुरुवात अझ सफा अवस्थामा गर्न मद्दत गर्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.