राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको छ । मंगलबार बिहानबाट पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिसहित सात एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ। भदौ २३ गतेको जेन्जीको आन्दोलनको विषयलाई लिएर रास्वपा भित्र मतभेद रहेको छ। जेन्जीको आन्दोलनपश्चात सांसदहरुले सामुहिक राजिनामा दिएका थिए। पूर्व सांसद सुमना श्रेष्ठका अनुसार पार्टीका नेताहरुले झण्डा नलैजाने तर व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन पाइने कार्यकर्तालाई निर्देशन दिइएको थियो।

यता भदौ २४ गते नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई निकाल्न रास्वपाका शीर्ष नेताहरु नै पुगेका थिए। लामिछाने विजयी भावमा कारमा बाहिरिएका थिए भने त्यसपश्चात कारागारमा आगजनी भएको थियो। बैठकमा लामिछानेलाई निकाल्न उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहित पुगेको विषयलाई उठाइएको तयारी छ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्यले प्रदर्शनको उग्रताको नेतृत्व वा संलग्न पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकै स्तरबाट भएपनि छानबिन र कारबाहीको दायरामा आउनुपर्ने बताएका थिए।  

‘रास्वपाको ठूलो समर्थन आधार युवाहरू हुन्। तसर्थ शान्तिपूर्ण रूपमा युवाहरूले राखेका मागमा पार्टीको नैतिक समर्थन हुनु र शान्तिपूर्ण र  स्वस्फुर्त सहभागिता स्वभाविक हो। तर  यदि रास्वपाका नेतृत्व र जिम्मेवार तह र तप्कामा रहेका कुनै पनि व्यक्तिहरू  सो स्थानमा  भीडलाई बोलाउने, उक्साउने वा भीडलाई उत्तेजित पार्ने कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न छन् भने सो कार्य क्षम्य हुनुहुँदैन।नख्खु कारागार वरपर त्यसदिन भएका प्रदर्शनको सरकारले सकेसम्म छिटो छानबिन र अनुसन्धान गर्छ भन्ने विश्वास छ। उग्रताको नेतृत्व वा संलग्नता चाहे म,मभन्दा माथिल्लो तहका पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकै स्तरबाट भए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ। अराजकतालाई प्रश्रय दिने कार्यमा  संलग्न  सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न  आग्रह गर्दछु।’ आचार्यले भनेका थिए, ‘भदौ २४ गते नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.