अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड तालिम
काठमाडौं : सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिममा प्रशिक्षकसहित २ जना घाइते भएका छन्। सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल क्षेत्रमा रहेको ६ हजार ३९६ मिटर अग्लो ल्या ह्युल हिमाल (भभया चुचुरो) मा प्रोफेसनल माउन्टेन गाइड तालिम सञ्चालनका क्रममा प्रशिक्षक सञ्जीव गुरुङ, ङवाङ तेन्जिङ शेर्पा घाइते भएका हुन् ।
गत साता सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थी रहेका तालिमका प्रमुख प्रशिक्षक सञ्जिव गुरुङले बताए । नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरूलाई प्रशिक्षित बनाउन समय समयमा तालिम प्रशिक्षण दिँदै आएको छ।
मृत क्षेत्रको रूपमा घोषणा गरिएको हिमाल आरोहणलाई सुरक्षित बनाउने र ओराल्ने दायित्व माउन्टेन गाइड हो। आरोहणको अवधिभर आरोहीको जीवनलाई सुरक्षा दिनु पर्ने भएकाले गाइड उत्पादनमा खेलाँची गर्नु नहुने भएकाले तालिम आवश्यक भएको आरोहीहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !