भेपिङ ? हानिकारक छ
ई–सिगरेट (भेपिङ) मा पनि धूमपानजस्तै निकोटिन भन्ने रासायनिक तत्त्व हुन्छ। जसले गर्दा लत बस्छ। धूमपानतिर डोर्याउने कारक बन्छ। त्यसैले ई सिगरेटले धूमपान त्याग्न मद्दत गर्दैन ।
इ सिगरेटबाट निस्कने धुवाँ वा बाफ (एरोसोल)मा हानिकारक पदार्थहरू हुने गर्छ। त्यसैले ई—सिगरेट प्रयोग गर्ने वा नगर्ने दुवैलाई हानि गर्छ। ई—सिगरेट (भेप)मा विषाक्त पदार्थहरू जस्तै क्यान्सर गराउने तत्त्वहरूको साथै मुटु र फोक्सो रोगहरूको जोखिम बढाउने तत्त्वहरू हुन्छन्।
ई–सिगरेटको बाफ (एरोसोल) पानीको बाफ मात्र नभई यसमा देहाय बमोजिमका हानिकारक पदार्थहरू हुन सक्छन्।
– क्यान्सर गराउने तत्त्वहरू
– निकेल, टिन र सिसाजस्ता धातुहरू
– साना कणहरू जुन फोक्सोभित्र जान सक्छ वाष्पशील तत्त्वहरू
– डाइसिटाइलजस्ता फ्लेभर जुन फोक्सोसम्बन्धी रोग निम्त्याउने रासायनिक तत्त्व हो।
प्रतिक्रिया दिनुहोस !