तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?

तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले जेनजी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेकी छन्। भदौ २४ गते नख्खु कारागार लगायत अन्य केही स्थानहरूमा भएका घटनाहरूमा पार्टी सदस्यहरूको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन रास्वपाले छानबिन समिति गठन गर्ने निर्णय भएसँगै उनले आन्दोलनमा प्रहरीको गोलिबिच हिँडेको बताएकी हुन्।

रास्वपामा सहमहामन्त्री विपीन आचार्यले नख्खु कारागारमा शीर्ष नेता सहभागी भएको र अन्य क्षेत्रमा पनि पार्टीका कार्यकर्ता तोडफोडमा सहभागी हुँदा बदनाम भएको भन्दै कारबाहीको माग गरेका थिए।

केन्द्रीय सदस्य कार्कीले पार्टीको विशेष अधिवेशनको माग गरिन्। निवर्तमान सांसद समेत रहेकी कार्कीले पार्टीलाई थप सुदृढ, सफल र समय सापेक्षिक रुपान्तरण गरौँ भनेर राजनीतिक विषय उठान गर्दा पार्टीबाट निस्कि भनेर शीर्ष नेताले भनेको सामाजिक सञ्जालमार्फत दाबी गरिन्। उनले पार्टीभित्रको विषय भण्डाफोर गर्नु नपरोस् भनेर नेतृत्वलाई समेत चेतावनी दिइन्। 

‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ , समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपूर्ण तरिकाले राजनितिक बिषय उठान गर्दा Get Out भनेर Bully गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्। कहिले राजिनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ?’ कार्कीले भनेकी छन्,‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर- लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग। यही आन्दोलनमै पनि प्रहरीको गोलिबिच हिँडेको मान्छे हो।  तिमीहरुको प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदिन।’

आन्दोलनपश्चात राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसदसमेत रहेकी कार्कीले पार्टी पार्टी पुनर्गठनको चार बुँदे प्रस्ताव गरेकी थिइन्। जेन–जी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै उनले देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुने बताएकी थिइन्।

‘पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरवलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो,’ उनले भनेकी छन्।

रास्वपामा पछिल्लो समय राजीनामा दिने क्रम बढेको छ। पार्टी सभापति रवि लामिछानेको विषयलाई लिएर मतभेद चर्किँदै गएको छ। यस अगाडि संस्थापन महामन्त्री मुकुल ढकाललाई पार्टीले कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको थियो। त्यसपश्चात दोहोरो पद नलिने भन्दै सांसद रहँदा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन्, उनले जेन्जी आन्दोलनपश्चात भने पार्टी नै छाडेको घोषणा गरिन्।

‘कहिलै गल्ती नस्विकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने।’ पार्टी छोडेको घोषणा गर्दै श्रेष्ठले भनेकी छन्,‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।’ 

उनीपश्चात केन्द्रीय सदस्य हरि भट्ट र केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पनि राजीनामा दिएका छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.