सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आइतबार ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।
आज एक तोला चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी २ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !