भक्तपुरमा फोहोरबाट बर्सेनि दुई करोड संकलन, १३ करोड खर्च

भक्तपुरमा फोहोरबाट बर्सेनि दुई करोड संकलन, १३ करोड खर्च
सुन्नुहोस्

भक्तपुर : फोहरमैला व्यवस्थापनबाट भक्तपुर नगरपालिकाले वार्षिक रुपमा २ करोड पैसा उठ्ने गरेको छ। तर यही फोहोर व्यवस्थापनका लागि नगरपालिकाले बर्सेनि १३ करोड खर्च गर्दै आएको जनाएको छ। यही कारण भक्तपुर सफा सहर भनेर देश विदेशमा चिनिन्छ। 

भक्तपुर नगरपालिका-४ दुमलाचा वडा अध्यक्ष उपेन्द्र सुवाल नगरपालिकाले नाफा घाटा भन्दा पनि नगरवासीको हितको लागि काम गर्ने भएकाले कम आम्दनी हुने ठाउँमा पनि धेरै खर्च गरिरहेको बताउँछन्। वडास्थित युवा बचत समूहको आयोजनामा आइतबार दशैं शुभकामना आदानप्रदान तथा रक्तचाप, मधुमेह परीक्षण कार्यक्रममा उनले भने, यही नै भक्तपुरको विशेषता हो। 

वडाध्यक्ष उपेन्द्र सुवालले वडा समितिले गर्दै आइरहेको विभिन्न गतिविधिबारे जानकारी दिँदै योजना छनौटका लागि वडावासीहरुबाट प्राप्त राय सुझाव अनुसार सम्पदा निर्माणका कार्यहरू हुँदै आएको, पोखरी, ढुङ्गेधारा, पाटी मर्मत मंगलतिर्थ जाने बाटोका लागि १० लाख बजेटमा काम हुन लागेको जनाए। साथै केटामरु घाचामा पुल निर्माण गर्न १ करोड ३५ लाखको बजेट तर्जुमा भएको उनले वडावासीलाई जानकारी गराए।  

सम्पदा निर्माण जनताको श्रमदानबाट लागतभन्दा कम खर्चमा सम्पन्न गर्न सकेको उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई शैक्षिक कर्जा उपलब्ध गराएको, ४ करोडको छात्रवृत्ति वितरण गरेको र नपाले अहिलेसम्ममा १७ करोड भन्दा बढी रकमको शैक्षिक लोन दिइसकेको उल्लेख गर्दै उनले विदेश जानु नपर्ने गरी स्वदेशमै काम मामको बन्दोबस्त गर्न नसक्दा भाद्र २३ को जस्तो घटना दोहोरिएको धारणा व्यक्त गरे। 

विकास निर्माण आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ भन्ने राजनीतिक विचार अनुरूप जर्मन सरकारले भूकम्पको बेला सम्पदा निर्माण गर्न नगरपालिकालाई १ अर्ब ३५ करोडको सहयोग गर्ने कुरो अस्वीकार गरी जनताकै सहयोगमा पुनर्निर्माण सम्भव बनाएर देखाएको स्पष्ट उनले पारे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.