मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । ९ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी भद्रपुर नगरपालिका-४ निवासी समीर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असोज ८ गते साँझ ६:५५ बजे भद्रपुर- ४ तारानगरस्थित भित्री सडक खण्डमा भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बालिकाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज बिहान ७:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.