धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना : १ जनाको मृत्यु, ३६ घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना : १ जनाको मृत्यु, ३६ घाइते
सुन्नुहोस्

कपिलवस्तु : पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका -१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस बिहान ६ बजे दुर्घटना भएको जिल्ला टफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा सवार ३६ जना घाइते भएका छन्। दुर्घटनामा एक महिलाको मृत्यु भएको तर उनको नाम र वतन खुल्न नसकेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले बताए। घाइतेहरू मध्ये ४ जनाको अवस्था गम्भीर रहेको टफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको छ।   

दुर्घटना स्थल राजमार्ग सामान्य मोड रहेको छ। बिहानको समय भएका कारण चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.