भक्तपुरको खोलामा पानीको बहाव बढ्दै
भक्तपुर : भक्तपुरको हनुमन्ते खोला, मनहरा खोलामा पानीको बहाव बढेको छ। निरन्तर वर्षाका कारण भक्तपुर नगरपालिका-७ स्थित हनुमन्ते खोलाको पानी पुलसम्म पुगेको छ।
निरन्तर वर्षा भएमा भक्तपुरको हनुमन्ते खोला नजिकैको सिद्धि स्मृति अस्पताल, हनुमानघाट, महेश्वरी खेल मैदान डुबान पर्ने सम्भावना छ।
त्यस्तै भक्तपुर नगरपालिका-४ वडा स्थित राममन्दिर, राममन्दिर पुल, बाराही स्थान डुबानमा पर्ने सम्भावना रहेको छ।





प्रतिक्रिया दिनुहोस !