हुलाकी राजमार्गको सानोमाई खोलाको पक्की पुल बीचमै भासियो, यातायात सेवा अवरुद्ध

हुलाकी राजमार्गको सानोमाई खोलाको पक्की पुल बीचमै भासियो, यातायात सेवा अवरुद्ध
सुन्नुहोस्

झापा : सानोमाई खोलामा आएको बाढीले एक वर्षअघि मात्रै उद्घाटन गरिएको पक्की पुल भत्काई दिएको छ। असोज १९ गते कनकाई माई नदीमा आएको बाढीले हुलाकी राजमार्ग जोड्ने पक्की पुलबीच मै भासिँदा तीन पांग्रे र चार पाङ्ग्रे सवारीसाधनको आवागमन ठप्प बनेको छ। 

झापा बजारबाट सडक बजार हुँदै कञ्जिबारी जोड्ने हुलाकी राजमार्गमा रहेको पक्की पुल आइतबार राति ८ बजे भासिएकाले यातायात सेवा अवरुद्ध भएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। आइतबार बिहान ६ बजेको समयमा कन्काई माई र सानो माई खोलामा भीषण बाढी आएको थियो। सोही बाढीका कारण सानोमाई खोलाको पुल बीचमै भासिएको प्रजिअ अधिकारीले बताए। 

भासिएकै पक्की पुलबाट मोटरसाइकल, साइकल र पैदययात्रीले जोखिमपूर्ण यात्रा गर्दै आइरहेका छन्। पुल भासिएका कारण बाढी पीडितको राहत वितरण कार्यक्रममा समेत समस्या उत्पन्न भएको स्थानीयहरू बताएका छन्। स्थानीय जीतबहादुर तामाङका अनुसार पुल भासिँदा ठूलो आवाज आएको थियो। दिनभरि बाढीको त्रासले बसेका यहाँका बासिन्दा भुइँचालो आयो जस्तो गरी जमिन हल्लिँदा झन् भयभीत बनेको तामाङले सुनाए। 

‘पछि थाहा भयो कि पुल भत्कियो, अनि राति नै स्थानीयहरू पुल हेर्न आइपुगेका थिए,’ उनले भने। यो पुल बनेको तीन/चार वर्ष भयो। एक वर्षअघि मात्रै उद्घाटन गरिएको थियो। पुलको काम पनि पूरा भएको थिएन। रेलिङको काम बाँकी नै थियो। निर्माण भएको दुई चार वर्षमै पुल भत्किँदा यहाँका स्थानीयलाई झन् समस्या उत्पन्न भएको उनको भनाई छ। तीन पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधन ठप्प छ। ती सवारीसाधन अब वैकल्पिक बाटो प्रयोग गर्न बाध्य बनेको स्थानीय अर्जुन टुडुले बताए। 

पुल भत्किँदा ठूलो आवाज आउँदा आसपासका स्थानीयहरू डराएका थिए। पुल भत्किएको थाहा पाएपछि बल्ल उनीहरूको मन शान्त भएको उनले सुनाए। हुलाकी राजमार्गमा पर्ने कन्काई नदीको पुल नबनेर समस्या झेलिरहेका यहाँ स्थानीय अब सानोमाईको भासिएको पुल कहिले बन्ला भनेर फेरि चिन्तित देखिएका छन्। झापा खण्डमा हुलाकी राजमार्ग निर्माण भएसँगै सानोमाई खोलामा पुल निर्माण कार्य अघि बढेको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार तीन वर्ष अघि मात्र सञ्चालनमा आएको जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.