बढी भाडा लिएको गुनासो आएपछि अनुगमन
गोरखा : चाडबाडको छेको पारेर यातायात व्यवसायीले यात्रुसँग बढी भाडा असुलेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख समेतले यातायात क्षेत्रको अनुगमन गरेका छन्।
दशैं सकेर कार्यक्षेत्रतर्फ फर्कने यात्रुहरूसँग सार्वजनिक यातायात सञ्चालकहरूले दोब्बरसम्म भाडा असुलेको गुनासो आएपछि मंगलबार बिहान प्रजिअ रामुराज कडरिया, एसपी भरत बिक सहितको टोलीले बसपार्क, हरमटारीचोक, घ्याम्पेशाल बसपार्क तथा बारकिलो बजारमा गई यातायात क्षेत्रको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा यात्रुहरूलाई व्यवस्थित गराएको, बढि भाडा तिरेका यात्रुहरुलाई बढि भाडा फिर्ता गराएको एसपी भरत बिकले बताए।
प्रतिक्रिया दिनुहोस !