कोजाग्रत पूर्णिमामा राष्ट्रपति भक्तपुर नआउने
भक्तपुर : यो वर्ष मंगलबार भक्तपुर नगरपालिका- ९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्रपति नआउने भएका छन्। प्रत्येक वर्ष दशैंका अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति यहाँ दर्शनका लागि आउने प्रचलन छ।
यो वर्ष शान्ति सुरक्षा कारण नआउने नवदुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ। काठमाडौंमा निवर्तमान प्रधानमन्त्री र गृह मन्त्रीको पक्राउको माग गर्दै आन्दोलन चलेकाले सुरक्षा कारण देखाई नआउने भएको जनाइएको छ।
राष्ट्रपतिको ठाउँमा राष्ट्रपति कार्यालयका सचिव आउने बताइएको छ। यसअघि राष्ट्रपति आउने कार्यक्रम तालिका रहेकाले बिहानैदेखि सरसफाइको काम गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !