घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान पक्राउ
नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटामा घरायसी विवादका क्रममा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ५० वर्षीय जितमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविना तामाङलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनापछि प्रहरीले जितमान र प्रयोग गरिएको खुकुरी नियन्त्रणमा लिएको जनाएको छ।
लामाका अनुसार, मादक पदार्थ सेवनपछि पति–पत्नीबीच घरायसी विवाद हुँदा जितमानले श्रीमतीमाथि आक्रमण गरेका हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो।
हत्या भएका सविनाको शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !