मधेश सरकारबाट एमालेले लियो समर्थन फिर्ता
जनकपुरधाम : जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। यसअघि नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो।
मधेश सरकारबाट दुई ठुला दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिष कुमार सिंहको सरकार संकटमा परेको हो।
जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित आफ्नो दुई मन्त्रीलाई फिर्ता बोलाइसकेका थिए। तर जनमतबाट मुख्यमन्त्री बनेका सतिष कुमार सिंहले राजीनामा दिएका थिएनन्।
प्रतिक्रिया दिनुहोस !