गाजासहित मन्दिरका पुजारी पक्राउ
कपिलवस्तु : शिवराज नगरपालिका–६ धरमपुरस्थित कालीमाताको मन्दिरका पुजारी ८ किलो ७६० ग्राम प्रतिबन्धित लागू औषध गाजासहित पक्राउ परेका छन्। प्रहरीले काली मन्दिरका पुजारी ६० वर्षीय गोपाल कुर्मी चौधरीलाई पक्राउ गरेको हो।
मन्दिरको दान दक्षिणा भेटी रकम पुजारीले हिनामिना गरेको आरोप लगाएपछि प्रहरी पुजारीको कोठामा पुगेको थियो। प्रहरीले पुजारी बस्ने कोठाको खानतलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा ८ किलो ७६० ग्राम गाजा बरामद गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले बताए।
पक्राउ परेका पुजारीलाई जिल्ला अदालतबाट १३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !