पानीजन्य रोगबाट कसरी जोगिने ?
एक साताअघि परेको अविरल वर्षाको कारण पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनाएको छ। यस्तो अवस्थामा झाडापखाला, हैजा, टाइफाइडजस्ता पानीजन्य रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ। त्यसैले रोगको महामारी फैलनबाट जोगिन पानीलाई शुद्धीकरण गरेर मात्र पिउने गर्नु पर्छ।
पानी शुद्धीकरण गर्ने विधि
-पानी धमिलो छ भने सुरुमा पानीलाई थिग्र्याएर छान्ने
-उपलब्ध छ भने भरसक पानी फिल्टर गरौं
-पीयूष वा अक्वा ट्याब्लेट राखेर शुद्धीकरण गरेर मात्र पिऔं
पीयूष प्रयोग गर्दा एक लिटर पानीमा तीन थोपा पीयूष झोल हाल्नुपर्छ। ३३ मिलिग्रामको अक्वा ट्याब्लेट प्रयोग गर्दा १० लिटर पानीमा एक चक्की अक्वा ट्याब्लेट हालेर राम्ररी घुलाउनु पर्छ। पीयूष वा अक्वा ट्याब्लेट हालेर पानीलाई राम्ररी सफा भाँडोले छोपेर आधा घण्टासम्म राखेपछि मात्र प्रयोग गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !