हाम्रो जीवनको प्रकाश हो, आँखा
हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबारको दिन विश्व दृष्टि दिवसको रूपमा हामीले मनाउने गर्छौं। यस वर्षको दृष्टि दिवसको थिम आफ्नो आँखालाई माया गरौं भन्ने रहेको छ। आँखा हाम्रो जीवनको प्रकाश हो। हामीले हाम्रो बालबालिकालाई विद्यालय भर्ना गर्नु अघि कमसेकम एक पटक आँखाको राम्रो जाँच गराउँ। समयमै आँखा जाँच गर्दा बालबालिकामा नजरको कुनै समस्या रहेछ भने समयमै पत्ता लाग्छ। आँखासम्बन्धी धेरै समस्या समयमै निको पार्न सकिन्छ।
शरीरमा मधुमेह (डायबिटिज) र उच्च रक्तचाप (ब्लड प्रेसर) छ भने पनि नियमित रूपमा आँखा परीक्षण गर्नुपर्छ। मधुमेहका बिरामीको नियमित रूपमा औषधि हालेर नानी फुलाएर हेर्नु पर्छ। विशेषगरी दूषित वातावरण तथा केमिकल उद्योगमा काम गर्ने व्यक्तिहरूले आँखाको सुरक्षामा ख्याल गर्नुपर्छ। आँखाको लागि सुरक्षात्मक उपाय अपनाउन सकिन्छ। केमिकल उद्योगमा काम गर्नेहरूको आँखामा कहिलेकाहीँ अल्कलाइन एसिड पर्नेबित्तिकै छेउमा रहेको पानी आँखामा हाल्दा आँखा जोगिन्छ। सुरुको एक/दुई मिनेटभित्रै छेउमा पानीको धारा नै आँखामा हाल्दा पनि आँखालाई बचाउँछ।
नेपाल कृषि प्रधान मुलुक हो। खेती किसानी गर्ने क्रममा आँखामा चोटपटक लाग्यो भने आँखा बिझाउने, रातो हुने हुन सक्छ। एक दुई दिनसम्म पनि आँखा बिझाउने वा रातो हुने भइरह्यो भने तुरुन्तै नजिकैको आँखा केन्द्र वा आँखा अस्पतालमा गई जँचाई हाल्नुहोस्।
प्रा.डा. सन्दुक रुइत
वरिष्ठ नेत्र रोग विशेषज्ञ
प्रतिक्रिया दिनुहोस !