१८ जना घाइते

डोटीमा ईभी हाइस दुर्घटना : एक जनाको मृत्यु, ८ जना गम्भीर

डोटीमा ईभी हाइस दुर्घटना : एक जनाको मृत्यु, ८ जना गम्भीर
फाइल तस्बिर ।
सुन्नुहोस्

डोटी : डोटीमा ईभी हाइस दुर्घटना भएको छ । जोरायल गाउँपालिका - १ गोल्डेन स्थित भिमदत्त राजमार्गमा आज बिहान करिब ५:३५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अछामबाट धनगढी तर्फ जाँदैगरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको ईभि हाइस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको मृत्यु भएको र आठ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा अन्य १० जना घाइते भएका र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

अछाम जिल्ला मङ्गलसेन नगरपालिका-९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूको उद्धार गरी उपचारको लागि कैलाली अत्तरिया स्थित पद्मा अस्पतालमा पठाइएको छ ।

गम्भीर घाइते हुनेहरुमा अछाम, मङ्गलसेन नगरपालिका-९ का लोकेन्द्र रावल, एकेन्द्र बिक, मोतिकला परियार, बिराज परियार, भिम ब. ढोली, सृष्टी परियार,  बिनोद परियार, मनसरी परियार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.