जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन हुनुपर्ने माग

जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन हुनुपर्ने माग
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरामा संयुक्त राजनीतिक दलले गत २३ र २४ गते जेन–जी समूहका युवाले गरेको आन्दोलनका क्रममा भएको घट्नाको छानबिन हुनुपर्ने बताएका छन्। आइतबार जिल्लास्थित राजनीतिक दलले जिल्ला प्रशासन कार्यालय डडेलधुराको ध्यानाकर्षण गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखेका हुन्।

गत २४ गते जेनजी आन्दोलनका कारण सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घरहरूमा तोडफोड, आगजनी, लुटपाटजस्ता कार्यमा संलग्न जोकोहीलाई पनि पहिचान गरी कानुनी रूपमा कारबाही हुनुपर्ने माग गर्दै राजनीतिक दलले संयुक्त अनुरोधपत्र जिल्ला प्रशासनलाई बुझाएको हो। आन्दोलनका नाममा राजनीतिक आग्रह पूर्वाग्रह गरी व्यक्तिका घर र सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न अराजक व्यक्ति र समूहलाई कानुनी रूपमा दण्डित गर्नुपर्ने दलहरूको माग रहेको छ।

नेपाली कांग्रेसको पहलमा जिल्लास्थित पाँच राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले बैठक आयोजना गरी जिल्लामा शान्ति सुरक्षा र अमन चयनको वातावरण निर्माण गर्नका लागि उदण्डतामा उत्रेका मानिसलाई सजाय दिनु र कानुनी राज्यको आभास दिलाउन पनि दोषीलाई कारबाही हुनुपर्ने कांग्रेस सभापति भीमबहादुर साउदले बताए।

संयुक्त अनुरोधपत्रमा नेपाली कांग्रेसबाट सभापति भीमबहादुर साउद, नेकपा एमालेबाट अध्यक्ष गजेन्द्र शाही, नेकपा माओवादीबाट प्रदेश सचिवालय सदस्य चक्रसिंह ठकुराठी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति सुरेन्द्र अवस्थी र नेकपा (एकीकृत समाजवादी) सचिव भुवन पाठकले हस्ताक्षर गरेका हुन्।

यसका साथै संयुक्त राजनीतिक दलहरूले विद्यमान राजनीतिक घट्नाक्रमसँगै आउँदै गरेको चाडपर्वलाई समेत मध्यनजर गरी जिल्लामा शान्ति सुरक्षा, अमनचयनको वातावरण कायम गर्न समेत प्रशासनलाई अनुरोध गरेका छन्।

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण जिल्लामा करिब तीन करोड धनजनको क्षति भएको थियो। जिल्लाको अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचन कार्यालय लगायत सरकारी कार्यालयहरू, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) गैरसरकारी संस्था, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, बीपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोड गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.