फरार रहेका ५ हजार ५४७ कैदीबन्दीको नाम सार्वजनिक, सरकारी सेवा प्राप्त गर्न आउँदा पक्राउ गर्न निर्देशन

फरार रहेका ५ हजार ५४७ कैदीबन्दीको नाम सार्वजनिक, सरकारी सेवा प्राप्त गर्न आउँदा पक्राउ गर्न निर्देशन
सुन्नुहोस्

काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ सय फरार कैदीबन्दीलाई कारागार फिर्ता भएका छन्।

 फरार कैदीबन्दीको विवरण विभागको बेवसाइटमा आइतबार प्रकाशित भएको छ ।

फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने जनाइएको छ ।null

जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराउने र कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा पक्राउ गर्न कारागार विभागले निर्देशन दिएको छ। । फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने र फरार कैदीबन्दीहरू सेवा प्राप्त गर्न आएका बखत सोको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्न सहयोग गर्ने व्यवस्था मिलाउने निर्णय भएको विभागले जनाएको छ ।

हेर्नुहोस् फरार कैदीको सूची


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.