बजेट रोक्काले सडक निर्माण अलपत्र

बजेट रोक्काले सडक निर्माण अलपत्र
सुन्नुहोस्

अर्घाखाँची : शिवपुर सडक डिभिजन कार्यालय, कपिलवस्तुलाई प्राप्त झन्डै ३० करोड रुपैयाँको बजेट अन्तरिम सरकारले रोक्का गरेपछि अर्घाखाँची र कपिलवस्तु जिल्ला भित्रका वैकल्पिक सहायक सडकमार्गका कामहरू अलपत्र परेका छन्। 

बजेट रोकिँदा ठेक्का प्रक्रियामा पुगेका र काम सुरु भइसकेका योजनासमेत ठप्प भएका छन्, जसले स्थानीयस्तरमा विकास र रोजगारी दुबैमा नकारात्मक असर पारेको छ। शिवपुर सडक डिभिजनका प्रमुख इन्जिनियर सबिन कोइरालाका अनुसार रोकिएको बजेटमध्ये अर्घाखाँची जिल्लाका लागि १८ करोड र कपिलवस्तु जिल्लाका लागि १२ करोड रुपैयाँ विनियोजित थियो। 

उक्त रकम वैकल्पिक सहायक राजमार्ग अन्तर्गतका १० वटा सडक योजनाहरूमा प्रयोग हुने योजना थियो। तर सरकारको आकस्मिक निर्णयले यी सबै योजनाको प्रगति र निर्माण प्रक्रिया बीचमै रोकिएको छ। डिभिजन कार्यालयका प्रमुख सबिन कोइरालाले वैकल्पिक सहायक राजमार्गका अन्तर्गतका सबै योजना कानुनी प्रक्रिया पूरा गरेर काम सुरु गर्ने तयारीमा थिए। ‘सन्धिखर्क–गोरुसिंगे सडकमा पर्ने सुपादेउराली मन्दिर अगाडिको ढलान र सडक विस्तारका लागि ठेक्का प्रक्रियामा पुगिसकेको थियो,’ उनले भने, ‘तर बजेट रोकिँदा सबै काम स्थगित गर्नुपरेको छ।’

उक्त योजनासँगै भालुवाङ–नुवाकोट–खन–गुफा हुँदै खरवाङ सडक, सुपा देउरालीमा– मा पार्किङ स्थल निर्माण, र सुपादेउराली मन्दिर कम्पाउन्ड व्यवस्थापन जस्ता महत्वपूर्ण योजना समेत प्रभावित भएका छन्। सडकहरूले पर्वतीय भेगलाई राजमार्गसँग जोड्ने, कृषि उत्पादन बजारसम्म पुर्‍याउने, र पर्यटन क्षेत्रको पहुँच सुधार गर्ने उद्देश्य राखेका थिए। तर, बजेट रोकिँदा यी लक्ष्यहरू तत्कालका लागि अवरुद्ध भएका छन्।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पनि बजेट रोकिँदाको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्। उनले भने, “विभिन्न सडक योजनाहरूको प्रगति रोकिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयसँग बजेट फुकुवा गर्न शिवपुर डिभिजन कार्यालयले औपचारिक अनुरोध गरेको छ। सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले भने, ‘योजनाहरू जनताको जीवनस्तर सुधारका लागि बनाइएका थिए। सरकारले तत्काल बजेट फुकुवा गर्नुपर्छ, अन्यथा वर्षौंसम्म यी सडक अधुरा रहन्छन्।’

सडक विकासमा ढिलाइ हुनु भनेको सम्पूर्ण विकास योजनाको गति कमजोर हुनु हो। वैकल्पिक सहायक राजमार्गहरू ग्रामीण र पहाडी क्षेत्रमा आर्थिक जोड, बजार पहुँच र सेवासुविधा पुर्‍याउने माध्यम हुन्। अन्तरिम सरकारले खर्च नियन्त्रणका नाममा देशभरका केही विकास योजनाका बजेट रोक्का गरेको छ। तर सडक पूर्वाधारजस्ता आधारभूत क्षेत्रमा त्यसको असर बढी देखिएको छ। सडक डिभिजन प्रमुख कोइरालाले भने, ‘यदि सरकारले रणनीतिक योजना अनुसार चरणबद्ध रूपमा बजेट व्यवस्थापन गरेको भए, ठूला आयोजना प्रभावित हुने थिएनन्।’

डिभिजनको ३० करोड रुपैयाँ बजेट रोकिँदा अर्घाखाँची र कपिलवस्तुका १० भन्दा बढी सडक योजना ठप्प भएका छन्। पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक बिस्तार तथा मर्मत कार्यले यात्रामा सहजता छाएको थियो। बाँकी रहेका काम यस बर्ष गर्ने गरी सडक डिभिजन कार्यालयले काम अगाडि बढाएको थियो। 

साँघुरो सडक, खाल्टाखुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र पिच तथा कालोपत्रे गर्ने काम अगाडि बढेपछि आजकल यात्रा सहज भएको थियो। गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्क सम्म सडकको लम्बाइ दुरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा ७ मिटर र केही स्थानमा ५ मिटर रहेको छ। गोरुसिंगेबाट सन्धिखर्क सम्म ६७.५ किलो मिटर सडक कालोपत्रे रहेको सडक डिभिजन शिवपुरका डिभिजन प्रमुख इन्जिनीयर सबिन कोइरालाले बताएका छन्।  

पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा पहिरो रोकथाम तथा स्तरोन्नतिमा १ करोड, सडक मर्मतमा डेढ करोड, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा २ करोड गरी कुल ५ करोडको 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.