सन्धिखर्कमा अब लिफ्टिङ खानेपानी आयोजनाको महसुल उपभोक्ताले तिर्नुपर्ने

सन्धिखर्कमा अब लिफ्टिङ खानेपानी आयोजनाको महसुल उपभोक्ताले तिर्नुपर्ने
सुन्नुहोस्

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले यसवर्ष लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महसुल नतिर्ने भएको छ। 

विद्युत महसुल भुक्तानी लगायतका वितरणमुखी कार्यक्रम गर्न नपाउने संघीय सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी निर्णय कार्यान्वयन गर्न भनी पठाएको पत्र अनुसार यसवर्ष लिफ्टिङ खानेपानीको विद्युत महसुल नतिर्ने भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनालले जानकारी दिइन्।

नगरपालिकाले विगतका केही वर्षदेखि लिफ्टिङ खानेपानी आयोजनाको ६० प्रतिशत रकम तिरिदिँदै आएकोमा संघीय सरकारको परिपत्र अनुसार यस वर्षदेखि विद्युत महसुल अनुदान रकम उपलब्ध नगराउने निर्णय गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। यो निर्णयबाट झन्डै डेढ दर्जन खानेपानी आयोजना प्रभावित हुने भएका छन्। 

नगरपालिकाभित्र सञ्चालन भएका लिफ्टिङ खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत महसुल नगरपालिकाले तिरिदिँदै आएको थियो। ४० प्रतिशत खानेपानी उपभोक्ताहरूले तिर्दै आएका थिए। 

आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाभित्र रहेका १७ वटा लिफ्टिङ खानेपानी आयोजनाको ९ लाख १६ हजार ५ सय ३० रुपैयाँ नगरपालिकाले तिरेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत धर्मराज भुसालले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.