बेलकोटगढीमा जमरा घर निर्माण

बेलकोटगढीमा जमरा घर निर्माण
सुन्नुहोस्

नुवाकोट : धार्मिक तथा ऐतिहासिक नुवाकोटको बेलकोटगढीको टाकुरोमा जमरा घर निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका–१० स्थित निरन्जना भगवती मन्दिर परिसरमा नवनिर्मित जमरा घरको पुनर्निर्माणपछि विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ। उक्त जमरा घर संघीय सरकार, स्थानीय सरकार र नेपाली सेनाको लागत साझेदारीमा निर्माण गरिएको हो। 

नेपालको इतिहासमा बेलकोटगढीको विशेष महत्त्व रहेको र यसकै नामबाट १० वर्ष अगाडि बेलकोटगढी नपाको नामकरण गरिएको हो। नुवाकोट टाकुरोबाट १८१५ असोज १५ गते तेस्रो प्रयासमा नुवाकोट राज्यमाथि विजय प्राप्त गरि नेपाल एकीकरणको विजयी सुरुवात गरेका पृथ्वीनारायण शाहले त्यसपछि बेलकोटका राजा जयन्त रानालाई पराजित गरी नेपाल एकीकरणको विस्तार अभियानमा अर्को खुड्किलो पार गरेका थिए। 

प्रसिद्ध निरन्जना मन्दिर परिसरमा प्रत्येक वर्षको बडादशैंको नवरात्री, चैते दशैं तथा शनिबार र मंगलबार विशेष रूपमा भक्तजनहरूको भीड लाग्ने गर्दछ। सोही स्थानमा दुई सय ५० भन्दा बढी घर परिवारले सामूहिक रूपमा जमरा राख्दै आएका छन्। 

२२ लाख रुपैयाँको लागतमा नयाँ जमरा घर निर्माण गरिएको हो। एक कार्यक्रमका बीच बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङ, सेनाको ६ नम्बर बाहिनीका प्रमुख तथा सहायकरथी सुवासजंग थापाले संयुक्त रूपमा उक्त जमरा घरको उद्घाटन गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.