म्याद गुज्रेका अखाद्य वस्तु नष्ट
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकामा रहेको विभिन्न पसलहरूको अनुगमन गरिएको छ।
तारकेश्वर गापा ५ र ६ मा रहेका विभिन्न स्थानका २८ वटा पसलको छड्के अनुगमन गरिएको हो। अनुगमनका क्रममा विभिन्न सात प्रकारका म्याद गुज्रेका अखाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको हो।
आम सर्वसाधारण उपभोक्ताको गुनासो आएपछि तारकेश्वर गापाले सम्बन्धित कर्मचारीसहित गाउँ प्रहरीसहितको टोलीले दुईवटा होटेल र २६ वटा किराना पसलको अनुगमन गरेको हो।
गोर्स्याङ, कालीमाटी, निग्लेनी, काव्रे, मझुवा, भमरा, कुवापानी लगायतका स्थानमा रहेको २८ वटा विभिन्न पसलहरूको छड्के अनुगमन गरी २५ हजार रुपैयाँ बराबरको म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका अखाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरेको गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !