नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
फाइल तस्बिर ।

विराटनगर : विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई साँझ ६:३० बजेतिर विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको हो । 

उनीहरु भारतको जोगवनीबाट सीटी सफारी चढेर आएका विराटनगर आएको प्रहरीले जनाएको छ । विराटनगर बसपार्कमा ओर्लिएपछि अरवाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए । सफारी चालकले नोट नक्कलीजस्तो लागेर प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको जानकारी चुँडालले दिइन् । 

नक्कली भारतीय नोट फेला परेपछि प्रहरीले सुरुमा अरवाजलाई पक्राउ गर्‍यो । उनीसँगै आएका राजा पनि पक्राउ परे । नक्कली भारतीय नोट नेपाल भित्राउने गिरोहसँग सम्बन्धित हुन सक्ने प्रहरीको आशंका छ । 

प्रहरीका अनुसार फेला परेका नोटहरू विशेष प्रकारको प्रिन्ट र रंगको प्रयोग गरी छपाइ गरिएको देखिन्छ । उक्त नोटहरु सर्वसाधारणले वास्तविक नोटभन्दा फरक छुट्याउन नसक्ने अवस्थाको रहेको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेका दुवै जनामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.