खोलामा डुबेर युवकको मृत्यु
नुवाकोट : नुवाकोटको तादी खोलामा शनिबार पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
तादी गाउँपालिका-५ आप्रास्थित तादी खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
खोलामा डुबेर काठमाडौंको टोखा नगरपालिका-३ का १९ वर्षीय समीर बानियाँ गम्भीर घाइते भएकोमा उद्धार गरी काठमाडौं टोखास्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा अपरान्ह मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।
उनका अनुसार पौडी खेल्ने क्रममा बानियाँ डुबेर घाइते भएको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि ग्राण्डी अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !