गोरखा सदरमुकामबाट २० किलोग्राम पटका जफत

गोरखा सदरमुकामबाट २० किलोग्राम पटका जफत
सुन्नुहोस्

गोरखा : जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले सदरमुकाम गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ। तिहारको अवसरमा पड्काउने प्रयोजनका लागि विभिन्न ठाउँका स्थानीयले राखेको पटका चेकजाँच तथा खानतलासी गर्ने क्रममा फेला पारी बरामद गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

शान्ति सुरक्षामा खलल पर्ने हुँदा पटका बिक्री वितरण तथा प्रयोग नगर्न, नगराउन सूचना जारी गर्दा पनि अटेर गरी प्रयोग गरेको पाइएकाले बरामद गरिएको प्रहरीको भनाइ छ। प्रहरीले फेरि पनि पटका राख्ने तथा पड्काउने गरे नगरेको चेकजाँच र खानतलासी कार्य जारी राख्ने जनाएको छ। 

त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.