अध्ययनले भन्छ– एउटै रगत परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सर पत्ता लगाउन सक्छ
काठमाडौं : एउटा नयाँ अध्ययनले रगत परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सर पत्ता लगाउने सक्ने देखाएको छ।
अमेरिका र क्यानडामा गरिएका परीक्षणको नतिजाले धेरै प्रकारका क्यान्सर पत्ता लगाउन सक्षम रहेको देखाएको छ।
यी क्यान्सरको करिब तीन–चौथाईका लागि कुनै स्क्रिनिङ कार्यक्रम छैनन्।
यो परीक्षणले आधाभन्दा बढी क्यान्सर प्रारम्भिक चरणमा पत्ता लगाएको छ। यसको उपचार गर्न सजिलो र पूर्ण रूपमा निको पार्न सकिने उल्लेख छ।
अमेरिकी औषधि कम्पनी ग्रेलद्वारा विकसित यो परीक्षणले ट्युमरबाट टुक्रिएका र रक्तप्रवाहमा परिसंचरण गरिरहेका क्यान्सरयुक्त डीएनएका टुक्रा पत्ता लगाउन सक्ने देखाएको छ।
हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले यो परीक्षणको परीक्षण गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !