अमेरिकामा चर्किदै आन्दोलन, 'नो किङ्स' भन्दै ट्रम्पविरुद्ध विशाल प्रदर्शन

अमेरिकामा चर्किदै आन्दोलन, 'नो किङ्स' भन्दै ट्रम्पविरुद्ध विशाल प्रदर्शन
सुन्नुहोस्

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा अमेरिकाका धेरै शहरहरूमा विरोध प्रदर्शन सुरू भएको छ। राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मियामी र लस एन्जलसजस्ता शहरहरूमा प्रदर्शन सुरू भएको हो।

शनिबार बिहान न्यूयोर्क शहरको प्रतिष्ठित टाइम्स स्क्वायरमा सुरू भएको र्‍यालीमा हजारौं मानिसहरू सामेल भएका थिए।  सडक र सबवेहरू 'राजतन्त्र होइन लोकतन्त्र' र 'संविधान वैकल्पिक होइन' लेखिएका प्लेकार्ड बोकेका मानिसहरूले भरिएका थिए।

यी प्रदर्शनहरू हुनुभन्दा पहिला ट्रम्प समर्थकहरूले प्रदर्शनकारीहरू अति-वामपन्थी संगठन एन्टिफासँग सम्बन्धित रहेको आरोप लगाएका थिए। ट्रम्पका सहयोगीहरूले प्रदर्शनहरूलाई 'द हेट अमेरिका र्‍याली' भनेर निन्दा गरेका थिए । प्रदर्शनकारी र आयोजकहरूले शनिबार प्रदर्शन शान्तिपूर्ण रहेको बताएका छन्।

आयोजक पक्षले आफ्नो वेबसाइटमा 'नो किंग्स' प्रदर्शनको मूल सिद्धान्त अहिंसा रहेको बताएको छ।  सबै प्रदर्शनकारीहरूलाई कुनै पनि सम्भावित द्वन्द्वलाई कम गर्न प्रयास गर्न अपील गरेको छ।

न्यूयोर्क प्रहरी विभाग (NYPD) का अनुसार, शहरभरि पाँच स्थानमा भएका विरोध प्रदर्शनमा  एक लाख भन्दा बढी मानिसहरू सहभागी थिए। 

ट्रम्पका कुन निर्णयमा विरोध भइरहेको हो ?

ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले आफ्नो राष्ट्रपतिको शक्ति प्रयोग गर्दै धेरै कार्यकारी आदेशहरू जारी गरेका छन्। उनले कांग्रेसद्वारा अनुमोदित कोष रोकेका छन्, संघीय सरकारको कटौती स्थापना गरेका छन् र धेरै देशहरूमा व्यापक शुल्क लगाएका छन्। हालसालै, उनले गभर्नरहरूको विरोधको बाबजुद धेरै शहरहरूमा राष्ट्रिय गार्ड तैनाथ गरेका छन्।

राष्ट्रपतिले समस्याग्रस्त देशको पुनर्निर्माणका लागि आफ्ना कार्यहरू आवश्यक रहेको बताएका छन्। ट्रम्पले तानाशाह वा फासीवादी भएको आरोपलाई 'पागल' भनेर खारेज गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.