कोशीमा बढाइयो तिहार लक्षित सुरक्षा सतर्कता

कोशीमा बढाइयो तिहार लक्षित सुरक्षा सतर्कता
सुन्नुहोस्

विराटनगर : तिहार पर्वलाई लक्षित गरेर कोशी प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ। हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ। 

त्यस्तै, छठलगायतका पर्व पनि नजिकिँदैछन्। चाडपर्वलाई लक्षित गरेर सुरक्षा संयन्त्र थप सक्रिय बनेको छ। चाडपर्वलाई उल्लास एवं हर्षोल्लासपूर्ण, भयरहित, मर्यादित र सुरक्षित बनाउन विशेष सतर्कता अपनाइएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए। 

उनले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार प्रदेशका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। ‘ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। मर्यादाभित्र रहेर चाडपर्व मनाउने वातावरण बनाउन अन्य सुरक्षा निकायसँग पनि समन्वय गरिएको छ। ‘उत्सवभन्दा पहिला सुरक्षा’ भन्ने हिसाबले प्रहरीले काम गरिरहेको छ,’ पोखरेलले भने। 

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले आइतबार प्रदेशका सबै जिल्लाका प्रहरी प्रमुखलाई चाडपर्व लक्षित विशेष सुरक्षा व्यवस्था मिलाउन र त्यही अनुसार जनशक्ति परिचालन गर्न निर्देशन दिए। विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा भर्चुअल बैठक गर्दै कार्कीले भने, ‘पर्व हाम्रो संस्कृतिको पहिचान हो। तर, त्यसको रमाइलो मर्यादाभित्र हुनुपर्छ। जनताले निडर, सुरक्षित र भयरहित वातावरणमा पर्व मनाउन पाउने वातावरण तयार गर्नु नै प्रहरीको कर्तव्य हो।’

पर्वको अवसरमा हुने चोरी, तस्करी, कालोबजारी, मदिरा तथा लागुऔषध ओसारपसार, जुवातास, झैझगडालगायतका अपराध रोक्न कडाइका साथ प्रहरी परिचालन गर्न उनको निर्देशन छ। कार्कीले थपे, ‘उत्सवको नाममा अपराधको बढोत्तरी अस्वीकार्य छ। प्रहरी सजग, संवेदनशील र उत्तरदायी हुनुपर्छ। गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’ 

प्रदेश प्रहरी प्रमुखको निर्देशनअनुसार यस वर्षको तिहार र छठ समेतलाई पर्वलाई लक्षित गरेर विशेष प्रदेशभरि विशेष सतर्कता अपनाइएको एसएसपी पोखरेलको भनाइ छ। डीआईजी कार्कीले भारतसँग जोडिएका सीमा क्षेत्रहरूमा निगरानी बढाउन पनि निर्देशन दिए। सीमाबाट हुने चोरी, तस्करी र अवैध मदिरा तथा लागुऔषधको ओसारपसार रोक्न सीमा जनशक्ति परिचालनलाई प्रभावकारी बनाउन उनको निर्देशन छ। 

त्यस्तै, बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने कालोबजारिया विरुद्ध कानुनी कारबाही गर्न जिल्ला प्रशासन र उद्योग वाणिज्य संघलगायतका निकायले गरेको संयुक्त अनुगमनलाई प्रहरीले सहयोग गर्नुपर्नेमा उनको जोड छ। डीआईजी कार्कीले मेला, पूजास्थल, संगम, तथा भीडभाड हुने स्थानहरूमा प्रहरीको उपस्थिति बढाउन र सुरक्षा गस्तीलाई सशक्त बनाउन पनि निर्देशन दिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.