झिल्टुङमा महाकवि देवकोटाको सालिक निर्माण

झिल्टुङमा महाकवि देवकोटाको सालिक निर्माण

नुवाकोट : नुवाकोटको ऐतिहासिक झिल्टुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिका निर्माण गरिएको छ। देवकोटाको जन्मजयन्तीका अवसरमा 
महाकवि देवकोटाको ११७ औं  जन्मजयन्तीका अवसरमा सालिक अनावरण, साहित्य पदयात्रा, विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिताका साथै साहित्य अन्तरक्रियासमेत गरिएको हो। बेलकोटगढी नगरपालिका-५ स्थित झिल्टुङमा विद्यार्थीहरूबीच  देवकोटा र झिल्टुङ विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो। 

यसअघि नुवाकोटको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल बेलकोटगढीबाट थालनी भएको बेलकोट (निरन्जना)-बाघखोर-झिल्टुङ-कुन्जिनी पार्क –देवीघाटसम्मको दुई दिने स्रष्टा पदयात्रासमेत सम्पन्न भएको छ। साहित्य पदयात्रामा नेपालका साहित्यकार, लेखक, कवि तथा समालोचकहरूको सहभागिता रहेको थियो। 

देवीघाटको ज्येष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिष्ठानमा विविध कार्यक्रम गरी साहित्य पदयात्राको समापन गरिएको हो।  यसबाट साहित्यकारहरूमा ग्रामीण साहित्य पर्यटनको सम्भावनाको मार्गका बारेमा एउटा सम्भावना उजागर भएको छ। झिल्टुङमा आयोजित महाकवि देवकोटा र झिल्टुङ विषयक वक्तृत्वकला प्रतियोगितामा गौलिङ्गेश्वर माविका छात्र  सम्राट तामाङ प्रथम भए। पञ्चासे मावीकी छात्रा जमुना पौडेल द्वितीय र मालिका माविकी छात्रा सन्जिता तामाङ तृतीय भइन्। 

साहित्यिक कार्यक्रममा मुर्तिकार दिनेश्वर महतो र हरिराम अधिकारी, कविता ढुगांना, अनन्तप्रसाद नेपाल, मोहन नेपाल र द्वारिका नेपाललाई सम्मान पत्र प्रदान गरिएको थियो। साहित्य पदयात्रा टोलीले विभिन्न रचनाहरू कविता, मुक्तक, गीत, हाइकु, कथा,  वाचन का साथै माझगाउँ, डिहिचौर, झिल्केश्वर, कुञ्जिनी पार्क हुँदै लामाचौर हुँदै धार्मिक  तथा  ऐतिहासिक देवीघाट पुगेर पदयात्रा  समापन भएको थियो।

महाकवि देवकोटाले साहित्य सिर्जना गर्ने स्थल झिल्टुङलाई ग्रामीण साहित्य पर्यटनको केन्द्र बनाउने अभियान अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महाकवि देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङ नुवाकोटले जनाएको छ।  महाकवि देवकोटाले पहाडी जीवन र कुञ्जिनी खण्ड काव्य झिल्टुङमा बसेर रचना गरेका थिए। 

प्रसिद्ध झिल्टुङको खड्कछाँपमा महाकवि देवकोटाको सालिक अनावरण गरिएको छ। बेलकोटगढी नपा-५ स्थित खड्कछापमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण तथा कुण्जनी पार्कको उद्घाटन गरिएको हो।

महाकवि देवकोटाले विसं १९९७ ताका झिल्टुङको सोही स्थानमा मामा ससुराली घरमा झण्डै दुई महिना बसेर कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लेखेको देवकोटाको पुस्तकममा झिल्टुङको खुलेर वर्णन गरिएको छ। सोही पुस्तकमा झिल्टुङको परिवेशलाई समेटेकोले सो स्थानमा स्थानीय अगुवाहरूको सक्रियतामा देवकोटा कुञ्जिनी पार्क तथा देवकोटाको सालिक समेत निर्माण गरिएको प्रतिष्ठानका सचिव नारायण नेपालको भनाइ छ।

नवनिर्मित सालिक तथा पार्क निर्माणका लागि संघीय सरकारबाट १८ लाख रुपैयाँ बजेट प्राप्त भएको र सो रकममध्ये १२ लाखको सालिक र ६ लाख रुपैयाँ पार्क निर्माणका लागि खर्च गरिएको अध्यक्ष केदारप्रसाद नेपालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.