मतदाता दर्ता अभियान व्यापक बनाउन पार्टी निकायलाई महामन्त्रीद्वयको परिपत्र

मतदाता दर्ता अभियान व्यापक बनाउन पार्टी निकायलाई महामन्त्रीद्वयको परिपत्र

काठमाडौं : नेपाली कांग्रेसले मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन गर्न देशभरका पार्टी निकायलाई परिपत्र गरेको छ।

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आज देशभरका पार्टी निकायलाई परिपत्र गर्दै नवीन राजनैतिक सन्दर्भमा पार्टी केन्द्रीय समितिको जारी बैठकले उपयुक्त निर्णय गर्ने भन्दै व्यापक सक्रियता बढाउन जरुरी रहेको बताएका हुन्। 

परिपत्रमा भनिएको छ, ʻछठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा सम्पूर्ण ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न र गराउन प्रतिनिधिका रूपमा जिम्मेवारी तोक्ने।ʼ

जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाती राखेर मतदाता दर्ता अभियानमा लाग्न निर्देशन दिइएको छ।

परिपत्रमा भनिएको छ,ʻजिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कार्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने, दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिननै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने ब्यहोरा सबैलाई स्पष्ट बुझाउने !ʼ

कांग्रेसले विशेष परिस्थितिमा विशेष जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न र गराउन आग्रह गरेको छ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.